काठमाडौं । सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बित भएका छन् । हत्या आरोपमा पक्राउ परेका आलम निलम्बनमा परेको संसद सचिवालयले सोमबार सूचना जारी गरी जानकारी दिएको हो ।
रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।




प्रतिक्रिया