एजेन्सी । संसारमा पूराना होटलहरु धेरै होलान् । समयक्रम सँगै त्यस्ता होटलहरुको आकार, प्रकार तथा त्यसका मालिकहरु प्रिवर्तन हुन्छन् । तर जापानमा एउटा यस्तो होटल छ, जसले १३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जिवितै राखेको छ । यो विश्वको सबैभन्दा पुरानो होटल हो र गिनिज बुकमा समेत यसले आफ्नो नाम दर्ज गराइसकेको छ ।
संसारकै पुरानो यो होटलको नाम निशियामा ओनसेन कियूनकेन हो । सन् ७०५ मा फुजिवारा महितो नामका व्यक्तिले यो होटलको स्थापना गरेका थिए । होटल खुलेको १३ सय वर्ष भैसकेको छ र अहिलेसम्मै यो होटल फुजिवाराका सन्तान दरसन्तानले चलाइरहेका छन् । यो होटल फुजिवाराको परिवारका ५२ औँ पुस्ताका सन्तानले चलाइरहेका हुन् ।
यो अद्वितीय तथा विश्व प्रसिद्ध होटलमा दुनियाभरका मानिसहरु आउँछन् । कहिलेकाहीँ तथा प्रसिद्ध मानिसहरु पनि यहाँ आउने गर्दछन् ।यो होटलको एउटा खास विशेषता भनेको यसको तातो पानीको झरना पनि हो । त्यस्तै यो होटलको एकातर्फ नदी बग्दछ भने अर्कोतर्फ घना जंगल रहेको छ । होटलको कोठामा बसेर झ्याल खोलेर बाहिर हेर्दा निकै नै मन्त्रमुग्ध पार्ने दृश्य देखिन्छ । यो होटलमा कूल ३७ वटा कोठा छन् । होटलमा एक रात बिताउनका लागि झण्डै ६० हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्दछ ।










प्रतिक्रिया