फ्लाइट डिले भएपछि राजपाका सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड

फ्लाइट डिले भएपछि राजपाका सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का एक सांसदले बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका हन् ।

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकार गरेका छन् ।

यता, बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो । धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौँ जान सफल भए ।