महरालाई म्याद थपपछि अदालतबाट नर्भिक नै लगिने

महरालाई म्याद थपपछि अदालतबाट नर्भिक नै लगिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले महरालाई आज दिउँसोसम्ममा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताए ।

महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अदालतमा उपस्थितपछि महरालाई पुनः अस्पतालमै राखिने प्रहरीले जनाएको छ ।