काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्रालयले दिएको जानकारीअनुसार राष्ट्रपति ५ दिने भ्रमणका लागी बुधबार म्यानमार प्रस्थान गर्ने कार्यक्रम छ ।
गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेकी हुन् । भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल गेहेन्द्रराज भण्डारी र राष्ट्रपति कार्यालयका सचिव र उच्च सरकारी अधिकारीको सहभागीता रहनेछ ।
राष्ट्रपतिको म्यानमार भ्रमणका क्रममा प्रतिनिधि मण्डलस्तरमा दुई पक्षीय वार्ताहुने र म्यानमारका राष्ट्रपतिले आयोजना गर्नुहुने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसका साथै राष्ट्रपति भण्डारीले नेपाली मुलका बर्मेलीहरुसंग भेट्ने कार्यक्रम समेत छ ।




प्रतिक्रिया