बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद साह पक्राउ

बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद साह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका राजपाका सांसद प्रमोद साह पक्राउ परेका छन् ।

साहलाई अपराध महाशाखाको टोलीले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा साहविरुद्ध मुद्दा दर्ता भएपछि उनीविरुद्ध जनकपुर अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

विमान उड्न ढिला भएको भन्दै सोमबार जनकपुर विमानस्थलमा साहले तोडफोड गर्नुका साथै विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार समेत गरेका थिए ।