काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको दोस्रो चीन–दक्षिण एशीया साहित्यिक सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले भ्रमणका क्रममा दिएका प्रत्येक ‘स्टेटमेन्ट’ले नेपाल भ्रमण वर्ष–२०२०’ लाइ प्रवद्र्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।
उनले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्ट नागरिकहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि व्यक्त गरे । उनले चीन र दक्षिण एशियाका विद्धान साहित्यहरुको उपस्थितिले पनि नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पु¥याउने पनि बताए ।
त्यस अवसरमा मन्त्री भट्टराईले सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै दुई वर्षभित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।




प्रतिक्रिया