महरालाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राखिने

महरालाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद थप गरेको छ ।

प्रहरीले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न २० दिन म्याद थप्न माग गरेको थियो । न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको हो ।

संसद सचिवालयमै कार्यरत एक महिलामाथि बलात्कारको प्रयास गरेको भन्दै पीडित महिला रोशनी शाहीले प्रहरीसमक्ष उजुरी दर्ता गरेपछि प्रहरीले महरालाई १९ असोजमा पक्राउ गरेर हिरासतमा राखेको छ ।