एनआरएनएको चुनावमा कागजी मतदान

एनआरएनएको चुनावमा कागजी मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको चुनाव विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । एनआरएनएको चुनावमा कागजी मतपत्रबाट मतदान हुने भएको हो ।

विद्युतीय भोटिङ मेसिनको सफ्टवेयरमा समस्या आएपछि मतदान बिहीबार बिहान १० बजेबाट सुरु भइरहेको छ ।

संघको मंगलबारदेखि नवौँ अन्तर्रा्ष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट केन्द्रीय समितिको ४२ जना पदाधिकारीको निर्वा्चित हुनेछन् ।

८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् । यो सम्मेलनमा २५ सयभन्दा बढी गैरआवासीय नेपाली सहभागी रहेका छन् ।