काठमाडौं – लामो समयदेखि पत्रकारिता पेशामा कलम चलाउँदै आएका वरिष्ठ पत्रकार चन्द्रकिशोर झा खोज पत्रकारिता केन्द्रको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
बिहीबार भएको साधारणसभाबाट अध्यक्ष्मा झासहित उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहोरा पनि सर्वसम्मत चयन भएका छन् ।
साधारणसभाले केन्द्रको तीन सदस्यका लागि भने आठ जनाबीच चुनाव भएको थियो । सदस्यहरूमा राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भए । उनले लामो समयदेखि कान्तिपुरमा समसामयिक विषयमा नियमित स्तम्भ लेख्दै आएका छन् । पत्रकार चन्द्रकिशोर झा वीरगञ्ज निवासी हुन् ।




प्रतिक्रिया