चितवन – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकलाई समाजवादको दिशामा अघि बढाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार र छठको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले समाजवादको दिशामा अघि बढ्दै गरेको मुलुकलाई दुस्मनहरुले रोक्न खोजिरहेको बताउँदै उनले देशलाई समृद्ध मुलुक बनाउँन सबैको सहयोग आावश्यक रहेको बताएका हुन् ।
चितवन जिल्ला विगत लामो समयदेखि राजनीतिको केन्द्र बन्दै आएकाले चितवन देशकै संघीय राजधानी बन्न सक्ने दाबी गरे । ‘चितवनका कृषि, शिक्षाको आधुनिकीकरण गर्दै समाजवादतिर उन्मुख हुनुपर्छ । सबै संस्कृतिको मिश्रण भएकोले राजनीतिक समाजवादको निर्माणमा चितवनले महत्वपूर्ण भूमिका खेल्न सकोस् । चितवन देशकै संघिय राजधानी बन्न सक्छ ।’ उनले शुभकामना दिँदै भने, ‘आर्थिक र समाजिक विकास गर्दै समाजवादतिर जानका लागि दुष्मनले रोक्न खोजिरहेकोले सबैजना एकजुट भएर अघि बढ्न जरुरी छ ।’




प्रतिक्रिया