रक्षामन्त्रीको चीन भ्रमणः ठुलो मात्रामा सैनिक सहायता घोषणा गर्ने चीनको तयारी

रक्षामन्त्रीको चीन भ्रमणः ठुलो मात्रामा सैनिक सहायता घोषणा गर्ने चीनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंरक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणको क्रममा बिहिवार वुहान पुगेका छन् त्यहा उनलेविश्व सैन्य खेलकुदप्रतियोगितामा विशेष अतिथीका हैसियतमा सहभागीता जनाउनेछन्

उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्रीले बेइजिङमा दुई दिनसम्म चल्ने जियांगशान फोरममा समेत सहभागीता जनाउने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिएका छन् उक्त सम्मेलनमा विश्वका धेरै देशका रक्षामन्त्री, राजनीतिज्ञ, सेनाका जनरल र सुरक्षाविदहरुको सहभागीता रहनेछ   रक्षामन्त्री पोखरेल उक्त सम्मेलनमा सहभागी भएर कार्तिक ६ मा स्वदेश फर्कने रक्षामन्त्रालयले जनाएको छ

कार्यक्रममा नेशनल पिपुल्स कांग्रेसका अध्यक्ष ली झांगसु र स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री वेई फेंगे समेत सहभागी रहनेछन् फोरमको उद्घाटन चिनियां रक्षामन्त्री फेंगेले गर्ने कार्यक्रम छ

फोरमलाई रक्षामन्त्री पोखरेलले  साना र मध्यम देशहरुको साझा सुरक्षा चांसो विषयमा आफ्नो धारणा राख्नेछन् त्यसका साथै उनले आफ्ना चिनियां समकक्षी फेंगेसंग द्धिपक्षिय भेटवार्ता गर्ने र रक्षासम्बन्धी सहयोगमा हस्ताक्षर गर्ने तयारी छ  

सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गोकुल बांस्कोटाले चीनसंग सैनिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद वैठकले उपप्रधानमन्त्री पोखरेललाई अधिकार दिइएको जानकारी दिए उनले चिनियां राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुंदा भएको सहमतिअनुसार नै सहयोगमा हस्ताक्षर हुने बताए मन्त्री बांस्कोटकाअनुसार १ सय ५० मिलियन आरएमबी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ

सेनाले उक्त सहयोग शान्तिकार्य, दैविक प्रकोप उद्दार र मानविय सहायतामा खर्च गर्ने तयारी गरेको छ सरकारले शान्ति सेनामा १० हजार सैनिक पठाउने गरी तयारी थालेको थियो त्यसका लागी आवश्यक पर्ने सामान चीनले सेनाको आग्रहमा उपलव्ध गराउंनेछ

प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा जांदा समेत चीनले १ सय ५० मिलियन आरएमबी दिने घोषणा गरेको थियो

यस्तो छ बेइजिङ जियांगशान फोरमको महत्व

जियांगशान फोरम चीनको एसोसियशन अफ मिलिट्री साइन्सले २००६ मा एसिया प्रसान्त सुरक्षा संवादको लागी ट्रयाक २ मंचका रुपमा अघि बढाएको थियो  प्रत्येक दुई वर्षमा आयोजना हुने उक्त फोरम गत वर्षबाट भने प्रत्येक एक वर्षमा हुन् थालेको हो

यो फोरमलाई २०१४ बाट ट्रयाक १.५ का रुपमा विकसित गरिएको हो त्यसपछि यसमा रक्षा र सैन्य क्षेत्रका अधिकारी, अन्र्तराष्ट्रिय संगठनका प्रमुख, पूर्व राजनीतिक अधिकारी र सेवानिवृत जनरलका साथ साथै एसिया बाहिर र भित्रका प्रसिद्ध विद्धानहरुलाई सहभागी गराउन सुरु गरिएको थियो

चीनले पछिल्ला दिनमा जियांगशान फोरमलाई एक उच्चस्तरीय सुरक्षा तथा रक्षा मंचको रुपमा विकसित गरेको छ यो फोरममा एशिया प्रशान्त क्षेत्रमा नयां गतिशीलता, नयां अवसर र नयां चुनौतीको बारेमा छलफल केन्द्रित हुनेछ

चीनले फोरमले आपसी सहयोग बढायने, सुरक्षा संवाद र रक्षा सम्पर्क बढाउने र क्षेत्रीय शान्ती र स्थिरतामा बढवा दिनको लागी भुमिका खेल्ने दावी गरेको छ