बेइजिङ – प्रतिनिधि सभाकी सांसद तथा (नेकपा)की नेत्रृ पम्पा भुसालले चिनियां राष्टपतिको सीजिन फिङको दुई दिने नेपाल भ्रमणले चीन नेपाल सम्बन्ध नयां उचाईमा पुगेको बताएकी छन् ।
बिहीबार बेइजिङमा आयोजित ग्लोबल पोभर्टी रीडक्सन एण्ड डेभलपमेन्ट फोरममा सम्बोधन गर्दै चिनियां राष्टपति सीले गरिबी निवारणका लागी अघि बढाएको नीतिलाई नेपालले पनि अबलम्बन गरेको बताएकि छन् ।
सम्बोधनको क्रममा सांसद भुसालले अस्थिर राजनीतिबाट नेपालले मुक्ति पाइसकेको भन्दै अब गरिबी निवारणका लागी नेपाल सरकारले नागरिकलाई गांस,बास,कपास,शिक्षा स्वास्थ्यको अधिकारको प्रत्याभूति हुने गरि काम गरिरहेको बताईन् ।
नेपाल अब सरकारको योजना अनुरुप विकास उन्मुख मुलुकबाट केहि बर्षभित्रै विकशित मुलुकमा प्रवेश गर्ने बताउंदै सांसद भुसालले सन् २०३० भित्र नेपाल मध्यम आयमुलक राष्टमा परिणत हुने दावि समेत गरिन् । सो अभियानमा सहयोग गर्न सरकार गैह्र सरकारी संस्था,छिमेकी मुलुक लगायत विभिन्न सहयोगी निकायकोृ साथ लिने सांसद भुसालको भनाई रहेको छ ।
नेपालले चीनबाट सक्निु पर्ने धेरै कुरा रहेको बताउंदै सांसद भुसालले नेपालले छिमेकी मुलुक चीनबाट प्राविधिक तथा आर्थिक सहयोग साथै नयां योजनाको सध्रै स्वागत गर्ने उल्लेख समेत गरिन् । ग्लोबल पोभर्टी रीडक्सन एण्ड डेभलपमेण्ट फोरममा नेपाल लगायत सेचिलिस,इण्डोनेसिया,इथियाृेपिया,विभिन्न एसियाली देशका प्रतिनिधीहरुले गरिवी निवारणमा आफ्नो देशले अहिलेसम्म गरेको कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए । चाइना फाउण्डेसन फर पोभर्टी एलेविसन (सीएफपीए) निमन्त्रणमा सांसद भुसाल चाइना आएकी हुन् ।
सो क्रममा भूमि सुधार सहकारी तथा गरीवी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले गरीवी निवारणलाई पहिलो प्राथमिकतामा राखेको बताईन् ।उनले संयुक्त राष्टसंघको लक्ष्य अनुसार २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने गरि काम भैरहेको दावी गरिन् । यस्तै चीनका लागी नेपाली राजदूत लिलामणी पौडेलले चीनले गरीवी निवारणमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि चीनसंग सहकार्य गरेर अघि बढ्नु पर्ने बताए ।उनले चीनले योजनाबद्ध ढंगले काम गरेकाले गरीवी निवारणका क्षेत्रमा तिव्र विकास गरेको भन्दै नेपालले त्यसको अनुसरण गर्ने समेत बताए ।




प्रतिक्रिया