जब राष्ट्रपति विद्या भण्डारीसँग म्यानमारका राष्ट्रपति फित्ते चप्पलमा देखिए…

जब राष्ट्रपति विद्या भण्डारीसँग म्यानमारका राष्ट्रपति फित्ते चप्पलमा देखिए…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तबीच भेटवार्ता भयो । प्रेसिडेन्सियल हाउसमा दुई समकक्षीबीच भेटवार्ता भएको हो । सोही परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारद (गार्ड अफ अनर) दियो ।

त्यसक्रममा राष्ट्रपति विन चप्पलमा देखिए । त्यहाँ मात्र होइन उनी राष्ट्रपति भण्डारीसँगको हरेक कार्यक्रममा चप्पलमै देखिन्छन् । सार्वजनिक स्थलमा नै कमेज र धोती लगाएका राष्ट्रपति कालो फित्ते चप्पलमा देखिन्छन् । राष्ट्रपतिका सहयोगी पनि चप्पलमा नै देखिन्छन् । उनले पनि राष्ट्रपति सरहको पहिरन लगाएका छन् ।

कूटनीतिक हिसाबमा नेपालमा भने विदेशी पाहुनालाई स्वागत गर्दा होस् या विदाइ गर्दा, फर्मल पहिरन लगाइने चलन छ । नेपालमा विदेशी पाहुनासँगको भेटका क्रममा दौरा सुरुवाल, कोटा पाइन्ट, जुत्ता अथवा महिला भए सारी चोलोमा अनिवार्य रुपमा प्रस्तुत हुनुपर्छ ।

हालै चिनियाँ राष्ट्रपति शी चिन फिङ नेपाल भ्रमणमा आउँदा तुनावाला जुत्ता अनिवार्य गरिएको थियो । उनको भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत ड्रेस कोड लागू गरिएको थियो । तर म्यानमारमा भने उनीहरूको आफ्नै शैली र चलन छ ।