चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा युवा–विद्यार्थी नेता चीन प्रस्थान

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा युवा–विद्यार्थी नेता चीन प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपालका विभिन्न दल सम्वद्ध १२ युवा-विद्यार्थी नेताहरुको टोली आज चीन प्रस्थान गरेको छ।

१५ दिने अध्ययन भ्रमणका क्रममा टोलीलाई चिनियाँ विशेषताको समाजवाद , चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अवगत गराइने भ्रमण दलमा रहेका नेकपा सम्वद्ध अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।

भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम , आरति लामा , सुदर्शन शिवाकोटी , कपिल आचार्य र हेमन्त रेग्मी रहेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस सम्वद्ध पवनकुमार यादव, मिरा कटुवाल र अमिर खड्का रहेका छन् ।

त्यसैगरी समाजवादी पार्टी,नेपालवाट रामप्रित पासवन र पुर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीबाट सुवेगमान विजुक्छे रहेका छन् ।