दलको पछि लाग्ने कर्मचारीको एक–एक हिसाब राखिन्छः सभापति देउवा

दलको पछि लाग्ने कर्मचारीको एक–एक हिसाब राखिन्छः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको करबाट तलब खाएर कुनै दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक–एक हिसाब राखिने चेतावनी दिएका छन् ।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि भक्तपुरमा आयोजना गरेको दुई दिने प्रशिक्षणको उद्घाटन गर्दै सभापति देउवाले सरकारी कर्मचारी सत्तारुढ दल नेकपाको पछि लागेकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।

‘जनताले तिरेको कर खाएर कुनै एक पार्टीको पछि लाग्न पाइँदैन, लाग्नै हुन्न,’ उनले भने, ‘लाग्ने नै हो भने हामी पनि एक–एक हिसाब राख्छौं ।’
जनताले तिरेको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारी कुनै पार्टी विशेषको बन्न नहुनेमा सभापति देउवाको जोड थियो ।

उनले कम्यनिस्टहरुले चुनाव जितेका स्थानीय तहमा जथाभावी लुट मच्चाईरहेको आरोप लगाउँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मत जित्ने गरी सेवा प्रदान गर्न निर्देशन दिए । ‘हाम्रा साथीहरुले काम गरेर देखाउनुपर्छ । कामबाटै हामी फरक छौं भन्ने देखाउनुपर्छ । कम्यनिस्टभन्दा फरक र राम्रो काम गरेर जनताको मन जित्नुन्,’ सभापति देउवाले भने ।