डेढ वर्षमा पनि पार्टी एकता सकिएन: अध्यक्ष प्रचण्ड


धनगढी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ महिनाभित्र पूर्ण गर्ने भनिएको पार्टी एकता डेढ वर्षमा पनि नसकिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सुदूरपश्चिमा प्रदेशका स्थानीय तहका पदाधिकारीका लागि शुक्रबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘हामीले ३ महिनामा पूर्ण गर्छौ भनेको पार्टी एकता डेढ वर्षमा पनि किन गर्न सकेनौं ?’, प्रचण्डले भने, ‘हामीले ३ महिनामा सक्छौं भनेको कुरा मनोगत थियो कि डेढ वर्षमा टुंगाउन नसक्नु हाम्रो कमजोरी ? कुनचाहिँ कुरा मुख्य हो भन्नेमा हामी छलफलमा छौं ।’

त्यस्तै, उनले पार्टीमाथि केही गम्भीर प्रश्न रहेको पनि बताएका छन् । पार्टी एकता गरेर चुनावमा जाँदा जनतामा आत्मविश्वास रहेको तर डेढ वर्षपछि आउँदा त्यो विश्वासलाई सुदृढ गराउने काममा भने आफूहरु चुकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement