महंगी नियन्त्रण नगरे आन्दोलन चर्काउने संयुक्त विद्यार्थी संगठनको चेतावनी

महंगी नियन्त्रण नगरे आन्दोलन चर्काउने संयुक्त विद्यार्थी संगठनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त विद्यार्थी संगठनले तत्काल महंगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

आइतवार आठ वटा विद्यार्थी संगठनहरूको राजधानीमा बसेको बैठकले बढ्दो महंगी नियन्त्रण नगरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

संयुक्त विद्यार्थी संगठनको बैठकले नीजि मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट बढी लिएको शुल्क तत्काल फिर्ता गर्नसमेत माग गरेका छन् ।

मेडिकल शिक्षामा बढाएको शुल्क खारेज गर्न समेत उनीहरूले सरकारसँग माग गरेका छन् ।

बैठकले मेडिकल शिक्षामा रहेका विद्यमान समस्याहरूको सामाधानका लागि कार्तिक ९ गते बृहत अन्तक्रिया गर्नेसमेत निर्णय गरेको छ ।

नेपाली मौलिक कला, संस्कृति, सभ्यता र भाषामाथि विद्यालय तहदेखि नै नियोजित रुपमा अतिक्रमण भइरहेको भन्दै संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले यसबारे कार्तिक २० गते बृहत अन्तक्रिया गर्ने निर्णय समेत गरेको छ ।

आइतवारको बैठकमा नेविसंघ, समाजवादी विद्यार्थी युनियन, अक्रिल (क्रान्तिकारी) , अनेरास्ववियू (पाँचौं), अखिल नेपाल विद्यार्थी यूनियन, राष्ट्रिय विद्यार्थी संघका शीर्ष नेताहरूको उपस्थिती रहेको थियो ।