बालुवाटारमा प्रधानमन्त्री-प्रचण्ड र देउवाबीचको भेटवार्ता सकियो

बालुवाटारमा प्रधानमन्त्री-प्रचण्ड र देउवाबीचको भेटवार्ता सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच छलफल भएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानबिन आयोगको नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान नेकपा र कांग्रेसका नेताहरुबीच छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, ऊर्जामन्त्री वर्षमान पुन र कांग्रेस नेता मीनेन्द्र रिजाल थिए ।

बैठकमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङ जानकारी दिए । बैठकमा सहभागी नेकपा नेता नेम्बाङले सत्ता पक्ष र प्रतिपक्षबीचको यो समान्य छफल भएको बताए ।