रुकुम – पूर्व गृहमन्त्री जनादर्न शर्माले समाज परिवर्तन गर्नका लािग आर्थिक विकासको निरन्तर सुधार हुनुपर्ने उनले बताएका छन् ।
मंगलबार रुकुम पश्चिमको आठविसको नगरपालिकामा निर्माण गरिएका विभिन्न पाँचवटा उद्योगको उद्घाटन तथा निरीक्षण गर्दै पूर्वमन्त्री शर्माले मुलुक यथास्थितिमा परिवर्तन नहुने बताउँदै समाजको परिवर्तनका लागि भ्रष्टचार ठूलो समस्याको रुपमा रहेकाले जनताको खबरदारी आवश्यक हुने बताए ।
उनले यहाँका कच्चा पदार्थको प्रयोग गरेर आर्थिक विकास गर्न सकिने बताउँदै समृद्ध नेपाल निर्माणका लागि दैनिक विदेशीने युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । स्थानीय उत्पादनको प्रयोग गरेर आर्थिक विकास गर्नका लागि युवा शक्तिलाई प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
यहाँ स्थापना भएका वाइन, मसला, पलाइउड, गार्मेन्ट र ड्राइफुड उद्योगको उद्घान गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका शर्माले सीप र क्षमता भएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए । देश विकासका लागि युवालाई रोजगारी प्रदान गर्न अहिलेका तीन तहका सरकारले योजना बनाएर काम सुरु गरेको उनको भनाइ थियो ।




प्रतिक्रिया