कास्की २ मा साझा पार्टीबाट रजनी केसी सांसदको उम्मेद्वार

कास्की २ मा साझा पार्टीबाट रजनी केसी सांसदको उम्मेद्वार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साझा पार्टीले कास्की–२ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । कार्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार उठाउने निर्णय गरेको हो ।

उप–निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि÷विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी दिए ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको अभियानकर्ता हुन् । उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेको साझा पार्टीले जनाएको छ ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टीमा आबद्ध भएकी थिइन । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् । साझा पार्टीको चुनाव चिन्ह तराजु रहेको छ ।