राजनीतिज्ञमा प्रष्ट वैचारिक निष्ठाको खाँचो छः सुवास नेम्वाङ

राजनीतिज्ञमा प्रष्ट वैचारिक निष्ठाको खाँचो छः सुवास नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताएका छन् ।

चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा बुधबार आयोजित कार्यक्रममा उनले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गरेको बताए ।

पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गरेका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका खेलेको उनको भनाइ छ ।

पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा अहिले अपराधीकरण बढेर गएको र शक्ति तथा सत्ताका लागि अमानवीय तरिकाले हत्या हिंसाका घटना भइरहेकाले त्यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेशदनशील हुनुपर्नेमा जोड दिए ।

मुलुकको विकास र समृद्धिका लागि उद्योगको विस्तार गरी उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले गुरुङको राजनीतिक निष्ठालाई सम्मान गर्नुपर्ने बताउँदै देशको राष्ट्रियताको पक्षमा सबै दलको साँझा मत हुनुपर्छ भन्ने वैचारिक चिन्तनबाट गुरुङ निर्दे्शित भएको बताए ।

समाजसेवा, खेलकुद र राजनीतिक क्षेत्रमा गुरुङको योगदान उल्लेखनीय रहेको अन्य सहभागीले त्यसबखत बताएका थिए ।