फेसबुकमा सुसाइट नोट लेखेका पत्रकार सुन्दरीजलमा झुन्डिएको अवस्थामा फेला परे

फेसबुकमा सुसाइट नोट लेखेका पत्रकार सुन्दरीजलमा झुन्डिएको अवस्थामा फेला परे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइट नोट’ लेखेर फेरि एक पत्रकारले आत्महत्या गरेका छन्।

आहा खबर डटकममा कार्यरत बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका हुन्। उनी शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

प्रसारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा रेडियो स्थापनाकै सिलसिलामा २ महिनाअघि काठमाडौं पुगेका थिए।

बोहराले शुक्रबार बेलुका फेसबुकमा आमाबुवालाई सम्बोधन गर्दै ुउहाँहरुको इच्छा पूरा गर्न नसकेकोमा माफी मागेर नयाँ यात्रा तय गरेको लेखेका थिए।

केही दिन अघि मात्र अछामका पत्रकार खकेन्द्र नेपालीले सा फेसबुकमा सुसाइट नोट लेखेर आत्महत्या गरेका थिए।