महराको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो

महराको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रतिवदेन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले २० दिन लगाएर तयार पारेको सुझावसहितको उक्त अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलयले महराविरुद्ध मुद्दा चलाउने वा नचलाउने टुंगोमा पुग्नेछ ।

बिहीबारमात्रै महरामाथि अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट थप ७ दिनको समय पाएको थियो ।