गृह मन्त्रालयका सवारी चालकलाई ट्राफिक नियम सिकाइयो

गृह मन्त्रालयका सवारी चालकलाई ट्राफिक नियम सिकाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयका सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना कक्षा दिइएको छ । सचेतना कक्षामा गृह मन्त्रालयका ३५ जना सवारी चालक तथा अन्य इच्छुक व्यक्तिको सहभागिता रहेको थियो ।

मन्त्रालयको सभाहलमा भेला भएका चालकहरूलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको छ ।

ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

साथै सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन पनि आग्रह उनले गरे । यो सचेतना कक्षा निरन्तर सञ्चालन भई अन्य सम्पूर्ण मन्त्रालयका सवारी चालकहरूलाई पनि दिइने उनले जानकारी गराए ।

ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा व्यवहारिक र जिवनउपयोगी भएकोले सडकमा सवारी चलाउँदा ठूलो महत्व रहने विचार सहभागी चालकहरूले व्यक्त गरेका छन् ।