अदालत, सेना र प्रहरी सरकारदेखि तर्सिएः गगन थापा

अदालत, सेना र प्रहरी सरकारदेखि तर्सिएः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची – नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले गर्न नहुने काममात्र गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा थापाले यस्तो भनाई राखेका हुन् ।

‘सरकारले गर्न हुने केही पनि गरेको छैन, गर्न नहुने सबै गरेको छ,’ थापाले भने, ‘सरकारले संसदलाई टेर्नुपर्छ । तर नेपालमा ठीक उल्टो छ । संसदलाई सरकारले भनेको टेर्ने बनाएको छ । अदालत पनि त्यस्तै । अदालत पनि सरकारसँग डराएको छ । सेना विश्वविद्यालय प्रहरी सबै सरकारदेखि तर्सेको छ ।’

पछिल्लोपटक गायक पक्राउबारे इंगित गर्दै सांसदसमेत रहेका थापाले चाहेको बोल्न पाउनुपर्ने तर्क गरे । भने, ‘चाहेको बोल्न पाउँछ । लेख्न पाउँछ । आज पनि कति गीतहरु सुन्यौं । तीमध्ये कतिलाई अश्लील पनि लाग्यो होला । तर मुख थुन्न पाइँदैन ।’

पशुपति शर्माको गीत बन्द गराउन लगाएर सरकारले कलाकारलाई तर्साउन खोजेको आरोप लगाउँदै उनले यो यात्रा सबैको घरदैलोसम्म आइपुग्न सक्नेसमेत बताए ।

‘अहिले काठमाडौंमा गायक दुई जना थुन्यो । यो यात्रा घरदैलोसम्म आउन सक्छ । तपाईंले पानीजहाजको चित्र बनाएर प्रधानमन्त्रीको फोटो राखी पानीजहाज कहिले आउँछ भनी सोधेर फेसबुकमा फोटो टाँसे सिन्धुपाल्चोकको प्रहरी आएर तपाईंलाई हिरासतमा लिन्छ । र अनुसन्धान गर्छ । अनि पाँच वर्ष जेल तोक्छ ।’