काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको छ ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए ।
‘सर्वसम्मत रुपमा सबै साथीहरुले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौँ,’ थापाले भने ।
नेकपामा भट्टराईका अलावा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्यको समेत चर्चा थियो ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।




प्रतिक्रिया