अछाममा १२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

अछाममा १२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – अछामको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएको छ । कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् ।

‘कुकुरले छोरीलाई टोकेको थियो। सुई लगाउनको लागि अस्पताल ल्याएको थिएँ,’ बालिकाका बुवाले भने,’छोरीको पेट किन सुनियो डाक्टर सा’ब हेरिदिनुस् भने। डाक्टरले चेकजाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसे जस्तो भएँ।’

सुस्तमनस्थिति ती बालिकाको गर्भ कसरी रह्यो भन्नेमा प्रहरीले खोजी सुरु गरेको छ। उनलाई बलात्कार गरिएको हुनसक्ने डीएसपी जनक शाहीले बताए। ‘गम्भीर प्रकृतिको घटना हो।

उनले सुरुमा नाम लिएका एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ,’ उनले भने,’अहिले अरु ४/५ जना केटाहरुको नाम पनि लिएकी छन्। उनीहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।