काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले दुई बर्ष्भित्र काम सक्ने जिम्मेवारी लिएर गएका ठेकेदारले काम नगरेपछि त्यस्ता कामचोर ठेकेदारलाई कारबाही गर्न डेढ बर्षदेखि लडाइँ लड्दै आएको बताए ।
‘कामचोर ठेकेदारलाई जय नेपाल भनेपनि कारबाही गर, लाल सलाम भनेपनि कारबाही गर,’ थापाले भने, ‘हामीलाई दुःख दिने ठेकेदारलाई कारबाही गर ।’
चाबहिल जोरपाटी सडक निर्माणका लागि सडक विभागमा समेत धर्ना दिएको उनले बताए । मंसीरभित्र सडकको काम सक्छु भनेर विभागले भनेको पनि उनले बताए ।




प्रतिक्रिया