प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए ।

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले त्यो स्वतन्त्रतामा नै रहनुपर्नेमा जोड दिए । अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए । ‘नेपाली कांग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ’ उनले भने ।

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका रु ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास कांग्रेसका पालामा भएको दाबी गरे । उनले अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताए ।