देश ‘एक मधेश एक प्रदेश’मा जान हुँदैनः विजय गच्छदार

देश ‘एक मधेश एक प्रदेश’मा जान हुँदैनः विजय गच्छदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।

गोदावरी नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।

‘म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन’ उनले भने ।

आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए ।

‘यस पार्टीमा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु’ उनले भने । गत चुनावमा कांग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले बताए ।