काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारको आलोचना गर्नेलाई प्रतिवाद गर्न आग्रह गरेका छन् ।
नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बलियो सरकार भएको हेर्न नचाहनेहरुविरुद्ध प्रतिवादमा उत्रिन सबैलाई आग्रह गरे । ‘हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले यस्ता प्रवृत्ति भएका तत्वहरु विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्छु’ उनले भने ।
परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताउँदै उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन् ।’ अध्यक्ष प्रचण्डले केही मानिसहरुले परिर्वतनलाई पछाडि फर्काउन खाजेको र जनतामा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए ।




प्रतिक्रिया