नेकपा बागलुङका नेताहरु किन पुगे प्रचण्ड निवास ?

नेकपा बागलुङका नेताहरु किन पुगे प्रचण्ड निवास ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपनिर्वाचनको पूर्वसन्धायामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव विष्णु पौडेलसँग भेट गरेका छन् । भेटका क्रममा मंसिर १४ गते हुने उपनिर्वाचनमा बामपन्थीबीचमा सहकार्य र सम्वन्य गर्दै चुनाव जित्ने र त्यसक्षेत्रको विकास गर्ने उम्मेदारलाई सिफारिस गर्न पार्टी अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई आग्रह गरेका हुन् ।

भेटका क्रममा उम्मेदारलाई पार्टीले सहयोग गर्नुपर्ने, चुवान जित्न सक्ने उम्मेदारलाई उठाउनुपर्ने लगायतका विषयमा छलफल केन्द्रीत भएको नेकपा स्थायी कमिटी सदस्य एवम् बागलुङ क्षेत्र २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिए । केही दिन अघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा बागलुङ क्षेत्र नम्बर २ ख मा राष्ट्रिय जनमोर्चालाई नेकपाले सघाउने सहमति भएको थियो । त्यसलगत्तै बागलुङका नेता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको हुन् ।

भेटमा पार्टी अध्यक्ष प्रचण्डले त्यसविषयमा अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताएकाे सांसद पौडेलले जानकारी दिए । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, संघीय सांसद मनकुमारी केसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य बलावती शर्मा, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल, फमलाल निउरे लगायत नेता आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।