रामचन्द्रको आरोप : देउवाले पार्टी कब्जा गरे !

रामचन्द्रको आरोप : देउवाले पार्टी कब्जा गरे !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसमा पछिल्लोपटक सभापति देउवाले १७ वटा विभाग गठन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष चिढिएको छ । कार्यकाल सकिन तीन महिना बाँकी छँदा देउवाले विभागको संख्या बढाउन खोजेपछि गत बिहीबार केन्द्रीय कार्यसमिति बैठकसमेत बस्न सकेको थिएन । आसन्न महाधिवेशनलाई आफ्नो पक्षमा प्रभावित बनाउन सभापति देउवाले पार्टी सत्ताको दुरुपयोग गर्न थालेको आरोप पौडेल पक्षको छ ।

दुई महिनाभित्र (पछिल्लोपटक विधान संशोधन गरेर ६ महिना बनाइएको छ) गठन गर्नुपर्ने विभाग कार्यकाल सकिन लाग्दासमेत देउवाले गठन गर्न सकेका छैनन् । दर्जन बढी भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । आधा दर्जन भ्रातृ संस्था दशकदेखि तदर्थ शैलीमा चल्दै आएका छन् । महाधिवेशन र भ्रातृ संस्थाको अधिवेशन नगरी विभाग बढाउने प्रस्ताव ल्याइएपछि पौडेल पक्ष देउवासँग सशंकित बन्न थालेको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

‘अहिलेसम्म विभाग गठन गर्न नसक्नेले एकाएक संख्या थप्ने प्रस्ताव ल्याउनु दुरुपयोगको प्रमाण हो,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘पटक–पटक नयाँ–नयाँ विषय ल्याएर पार्टी कब्जा गर्ने रणनीति सभापतिजीले लिन थाल्नुभएको छ ।’ आफ्ना निकट केन्द्रीय सदस्यलाई विभाग प्रमुखको भाग र्पुयाउन संख्या थप्ने प्रस्ताव ल्याइएको भन्दै पौडेल पक्षले महाधिवेशन संघारमा विभाग गठनकै औचित्व नरहेको बताउन थालेको छ।