ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा भएको भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।

केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए ।