प्रधानमन्त्री ओली अस्वस्थ, ग्रान्डी अस्पताल लगियो

प्रधानमन्त्री ओली अस्वस्थ, ग्रान्डी अस्पताल लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएका छन् । मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओलीलाई धापासीस्थित ग्रान्डी अस्पतालमा लगिएको छ ।

प्रधानमन्त्री ओलीको रिपोर्ट आइनसकेकाले के भएको हो भन्ने यकिन भएको छैन् । उनलाई नियमित चेकजाँचका लागि अस्पताल लगिएको स्रोतले जानकारी दियो ।

केही समय अगाडि मात्र सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली अजरवैजानको भ्रमणबाट आइतबार मात्र फर्किएका हुन् । उनलाई सिंगापुरका चिकित्सकहरुले धपेडी नगर्न र आराम गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन् ।