काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
उनले भने, ‘उहाँ (प्रधानमन्त्री)फलोअपका लागि अस्पताल आउनुभएको हो । अवस्था सामान्य छ । एकछिनमा अस्पतालबाट निस्कनुहुन्छ,’ उनले भने ।
प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम अर्थात् जलवियोजन (डिहाड्रेसन) प्रारम्भिक रिपोर्टमा देखिएको बालुवाटार स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र नियमित फलोअपमात्रै भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई बुधवार बिहान ११ः२३ बजेदेखि ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ । ओलीको उपचार उनका निजी चिकित्सक दिव्या सिंह र सुवास आचार्यले गरिरहेका छन् ।




प्रतिक्रिया