पेस्तोलसहित तरुण दलका नगर सभापति पक्राउ

पेस्तोलसहित तरुण दलका नगर सभापति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – तरुण दल नेपालगन्जका नगर सभापतिसहित ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका–२० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती तरुण दल नेपालगन्जका नगर सभापति संदिपजंग शाहसहित ६ जनालाई पेस्तोल सहित पक्राउ गरेको हो ।

नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितको अटोमेटिक पेस्तोल बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार पेस्तोल सहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामबाघ बस्ने बर्ष ३२ को संदिपजंग शाह, दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जय बहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।