काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कार्यकर्ता जिम्मेवार भए मात्रै पार्टी बलियो हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले भने, ‘तपाईंहरू गम्भीर हुनुपर्छ, जब कार्यकर्ताहरू जिम्मेवार हुन्छन् तब कांग्रेस बलियो हुन्छ ।’
कांग्रेसले सरकारका राम्रा कामको समर्थन गर्ने उनले बताए । ‘कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छ,’ उनले भने ।
उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना पनि गरे । ‘महँगी बढेको छ,’ उनले भने, ‘चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिनका गतिविधिले दुई तिहाइको हैसियत जनतासामु प्रष्ट भइसकेको छ ।’
उनले समय अझै भएकोले सरकारलाई जनअपेक्षा पूरा गर्ने गरी काम गर्न सुझाव दिए ।




प्रतिक्रिया