राष्ट्रपतिले ‘राष्ट्रिय पोषण अभियानको अभियन्ता’ घोषणा गरेको भन्दै भीम रावल आक्रोशित

राष्ट्रपतिले ‘राष्ट्रिय पोषण अभियानको अभियन्ता’ घोषणा गरेको भन्दै भीम रावल आक्रोशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेको भन्दै सत्तारुढ दल नेपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आपत्ति प्रकट गरेका छन् । नेता रावलले विदेशी पैसाबाट सञ्चालित गैससलाई राष्ट्रपतिबाट अभियन्ता घोषणा गर्नु जायज नभएको भन्दै विरोध जनाएका छन् ।

‘नेकां सांसद विनोद चौधरीको फाउण्डेशन र योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेद्वारा संचालित तथा विल गेट्स फाउण्डेशनको रकम प्राप्त गैरसरकारी संस्थालाई कैमेल चिण्डा लगायतका विदेशीको उपस्थितिमा राष्ट्रिय पोषण अभियन्ता राष्ट्रपति कार्यालयबाट राष्ट्रपतिले घोषणा गर्नुभएको छ’, नेता रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नीजि विदेशी पैसाबाट सञ्चालित गैससलाई राष्ट्रपति कार्यालयबाट राष्ट्रिय पोषण अभियानको अभियन्ता घोषणा गराउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय मध्ये कसले निर्णय गरेको होला ? यस्तो काममा अन्यत्र कतै संवैधानिक राष्ट्रपतिको संस्था संलग्न हुन्छ कि ?’

नेता रावलले विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतिक र मर्यादित् स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ ? भन्दै प्रश्न गरेका छन् ।

जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले शुक्रबारदेखि सो अभियानको सुरुआत गरेको हो ।

राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२)लाई थप सहयोग पुर्‍याउने अभियानको उद्देश्य रहेको छ । बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ ? भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

र यो पनि

राष्ट्रपतिद्वारा राष्ट्रिय पोषण अभियानको शुभारम्भ

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अभियानको सुरुआत गरेकी थिइन ।