दाङ प्रदेश सभामा साझाले शिव चौधरीलाई उम्मेद्वार बनायो

दाङ प्रदेश सभामा साझाले शिव चौधरीलाई उम्मेद्वार बनायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – साझा पार्टीले दाङ क्षेत्र नं ३ को प्रदेश (ख) मा शिवकुमार चौधरीलाई उम्मेद्वार बनाउने भएको छ ।

दाङमा सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीलाई उम्मेद्वार बनाउने निर्णय भएको साझाका प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी दिए ।

विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् ।

चौधरीले आफू निर्वाचित भएको खण्डमा खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्धन, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने–टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान प्रतिवद्धता व्यक्त गरेका छन् ।

साझा पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नं. २ मा रजनी केसी र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क)मा सुरज प्रधानलाई उम्मेदवार घोषणा गरिसकेको छ ।