काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारले राजनीतिक पूर्वाग्रहबाट प्रदेश प्रमुख हटाइएको प्रतिक्रिया दिएकी छन् ।
ओली सरकार दलगत स्वार्थमा केन्द्रित भएको भन्दै उनले संविधान कार्यान्वयनको चरणमा नै संविधान विपरितको कार्य गर्नु निन्दनिय भएको प्रतिक्रिया दिएकी छन् ।
‘यो नितान्त दलगत स्वार्थका कारण प्रदेश प्रमुखलाई हटाइएको छ । नेपाली कांग्रेसले यसको घोर भत्र्सना गर्छ’ उनले भनिन्, ‘अघिल्लो सरकार(देउवा)का निर्णयहरु उल्टाएर सरकारले राजनीतिक द्वन्द्व बढाउन खोज्यो ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।
पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते ७ वटै प्रदेशमा प्रदेश प्रमुखको नियक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।




प्रतिक्रिया