प्रदेश प्रमुखको नियुक्ति आइतबारलाई टर्‍याे, भोलि मन्त्रिपरिषद् बैठक

प्रदेश प्रमुखको नियुक्ति आइतबारलाई टर्‍याे, भोलि मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेपनि आइतबारका लागि टरेको छ।

आइतबार नै फेरि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि नियुक्ति आइतबारका लागि टरेको हो। यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइ सात प्रदेश प्रमुख पदमुक्त गरेकी थिइन् ।

लगत्तै नेकपा अध्यक्ष समेत रहेका प्रम ओलीले सचिवालय बैठक डाकेका थिए। तर, नेकपा सचिवालयको बेठक लम्बिएपछि मन्त्रिपरिषद् बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगन भएको छ।

तत्कालिन कांग्रेस सरकारले भागबन्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेकोमा आइतबारको मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन्।