बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, राष्ट्रपति समक्ष प्रदेश प्रमुख सिफारिस गरिने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, राष्ट्रपति समक्ष प्रदेश प्रमुख सिफारिस गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले चयन गरेका प्रदेश प्रमुखको नाम राष्ट्रिपति समक्ष सिफारिस गर्न सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

बैठक सम्पन्न भइसकेपछि प्रदेश प्रमुखहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेनत अधिकारीले जानकारी दिए ।

नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुमा अमिक शेरचन(चितवन), सोमनाथ प्यासी(काश्की), तिलक परियार (बाँके), विष्णु प्रसाईं(झापा), धर्मनाथ यादव (सिरहा) , शर्मिला त्रिपाठी(काठमाडौं) र गोविन्द कलौनी (डडेलधुरा) रहेका छन् ।