ओली–प्रचण्डले प्रदेश प्रमुख सिफारिश गर्दा माधव नेपाल हेरेको हेरै !

ओली–प्रचण्डले प्रदेश प्रमुख सिफारिश गर्दा माधव नेपाल हेरेको हेरै !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट भएका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डले माधव नेपालले सिफारिश गरेको मान्छेको नाम सिफारिश नगरी आफ्नो मान्छेमात्रै प्रदेश प्रमुखमा सिफारिश गरेपछि नेता नेपाल असन्तुष्ट बनेका हुन् । उनले आज बसेको सचिवालय बैठकमा पनि प्रदेश प्रमुखहरुको नाम सिफारिशबारे आफ्नो गम्भिर असन्तुष्टि पोखेका थिए । तर, ओली र दाहालले कुनै सुनुवाई नै नगरी नेपाललाई हेरेको हेरै बनाईदिए ।

आज विहान बसेको नेकपा सचिवालय बैठकले ७ वटै प्रदेश प्रमुखरुको नाम सरकारलाई सिफारिश गरेको हो । प्रदेश प्रमुखहरुको नाममा चार जना ओली पक्ष र तीन जना दाहालको भागमा परेको श्रोतको दाबी छ । नेपालकाे पक्षबाट काेही पनि सिफारिस नभएकाे श्रोतले बतायाे ।