विष्णु रिजालको प्रश्न : कर्णालीबाट प्रदेश प्रमुख बन्न के-के योग्यता चाहिन्छ ?

विष्णु रिजालको प्रश्न : कर्णालीबाट प्रदेश प्रमुख बन्न के-के योग्यता चाहिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले सरकारले सात वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्दा कर्णाली प्रदेशलाई छुटाएको भन्दै असन्तुष्टी जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले सात प्रदेशमा प्रदेश प्रमुख सिफारिश गर्दा कर्णाली प्रदेशलाई छुट्याएकोमा सरकारप्रति असन्तुष्टी पोखेका हुन् ।

उनले अन्य ठाउँमा हारेका मेयर पनि योग्यता पुगेर प्रदेश प्रमुख भएको तर कर्णाली प्रदेशकालाई प्रमुख बनाउन केके योग्यता चाहिन्छ ? भन्दै प्रश्न उठाएका छन् ।

‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ । अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ । तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’, उनले भनेका छन् ।

सरकारले धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (काश्की) , विष्णु प्रसाई (झापा)र गोविन्द कलौनी(डडेलधुरा), अमिक शेरचन(चितवन), तिलक परियार (बाँके)र शर्मीला त्रिपाठी(काठमाडौं) लाई प्रदेश प्रमुख बनाएको छ ।