कृष्णबहादुर महराले प्रचण्डसँग झुट बोलेको खुलासा

कृष्णबहादुर महराले प्रचण्डसँग झुट बोलेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको बताएका छन । प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ति गरेको टिप्पणी गरे ।

‘महराजीले अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो । घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठायौं । तर उहाँले सही कुरा बताउनु भएन । म आफैं जाँदा पनि उहाँले सही कुरा बताउनुभएन । यो उहाँको अर्को गम्भिर गल्ति भयो,’ उनले भने ।

उनले अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित नभएको बताउँदै उनले अदालतलाई सघाउन महरालाई आग्रह गरे ।

फरक प्रसंगमा प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए । उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो विषयमा कुरा भनेको स्मरण समेत गराए ।

त्यस्तै प्रचण्डले परिवर्तन विरोधीहरु सलवलाउँदा, शान्ति प्रक्रिया विरुद्ध निर्णयहरु हुँदा र जनतासँग जोडिएका सवालहरुमा उनीहरुको साथ दिँदा फरक माहोल बनाउनका लागि बेलाबेलामा आन्दोलनको कुरा गरेको बताए ।