साझा पार्टीले धरानमा राजन श्रेष्ठलाई उठायो

साझा पार्टीले धरानमा राजन श्रेष्ठलाई उठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साझा पार्टीले राजनकुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ । सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरानका बासिन्दा हुन् ।

पार्टीले मेयरको उम्मेदवार बनाएपछि उनले आफू निर्वा्चित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दीर्घकालीन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्‍त बनाउन पहल गर्ने पनि बताएका छन् ।

प्रवक्ता सूर्यराज आचार्यका अनुसार साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नम्बर २, भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश (क) र दाङ क्षेत्र नम्बर ३ को प्रदेश (ख) मा उमेदवार घोषणा गरिसकेको छ ।