हङकङको चुनावमा आन्दोलनकारी पक्ष ‘प्रो डेमोक्रेशी’ को क्लिन स्वीप

हङकङको चुनावमा आन्दोलनकारी पक्ष ‘प्रो डेमोक्रेशी’ को क्लिन स्वीप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 हङकङ– हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले जित हात पारेको छ ।

साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रका अनुसार सोमबार बिहानसम्मको मतगणनामा सरकारविरोधी उम्मेदवारले १८ मध्ये १७ जिल्लामा चुनाव जितेका छन् । २७८ सिटमा प्रजातन्त्र पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन् ।

सन् २०१५ को चुनावबाट बनेका जिल्ला परिषद चीनसमर्थित पार्टीको दबदबा थियो । यसपालि सरकारविरोधी आन्दोलन गरिरहेका धेरै युवा जिल्ला परिषदमा उम्मेदवार बनेका थिए ।

आन्दोलनकारीले चुनावलाई पनि आन्दोलनकै एक हिस्सा बनाएका थिए । उनीहरूले सबै क्षेत्रमा उम्मेदवारमात्र दिएनन् । सक्रियताका साथ मतदानमा पनि भाग लिए ।

आइतबारको चुनावमा २९ लाखभन्दा बढी मतदाताले भोट हालेका थिए । तीमध्ये अधिकांश युवा आन्दोलनकारी थिए । आइतबार ७१.२ प्रतिशत मत खसेको थियो जबकी चार वर्षअघि भएको चुनावमा ४७ प्रतिशतले मात्र मत हालेका थिए ।

हङकङको सबैभन्दा ठूलो संस्थापन पक्षधर पार्टी डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोगेस अफ हङकङले २१ सिट जितेको छ भने बेङजिङ पक्षधरले ४२ सिट हात पारेका छन् । २४ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।

प्रजातन्त्र पक्षधर आन्दोलनकारीलाई यो जितको दीर्घकालीन महत्व छ । जिल्ला परिषदका सदस्य संख्याको आधारमा उनीहरूले शहरको प्रमुख कार्यकारी चुन्ने समितिमा सदस्य पाउँछन् । अहिलेको जितका आधार उनीहरूले उक्त समितिमा १२० सदस्य पाउने देखिएको छ ।