एजेन्सी – भारतको मद्रास उच्च अदालतले कुनै व्यक्तिलाई यौनबाट टाढा राख्नु संविधान विपरित भएको बताएको छ ।
कम्मरमुनि पक्षाघात भएका एन आनन्द कुमारलाई यौनबाट वञ्चित गरिएकोमा पीडित ठहर गर्दै एक करोड रुपैयाँ क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ ।
वैवाहिक सुखबाट वञ्चित गरिनु मानवअधिकार (अनुच्छेद २१) को उल्लंघन भएको फैसला गर्दै अदालतले कसैलाई जबर्जस्ती यौनसम्बन्धबाट वञ्चित गर्दा स्वास्थ्यमा नराम्रो असर पर्ने बताएको छ । सन् २००८ मा आनन्दमाथि बिजुलीको खम्बा ढलेपछि उनको मेरुदण्ड भाँचियो र उनी कम्मरमुनि पक्षाघात भएको थियो ।
उच्च अदालतको एकल इजलासले पहिला पीडितलाई आठ लाख रुपैयाँको क्षतिपूर्ति दिने आदेश दिएको थियो । तर चेन्नई नगर निगमले आदेशविरुद्ध पूर्ण इजलासमा अपील गर्दै यस मुद्दालाई सिभिल कोर्टमा पठाउन अनुरोध गरेको थियो । तर डिभिजन बेन्चले निगमको निवेदन खारेज गर्दै नगर निगमको लापरवहीका कारण आनन्द ह्वीलचेयरमा बस्नुपरेको र उनको विवाहका सम्भावनाहरू बन्द भएको बतायो ।
यसका साथै अदालतले एकल इजलासद्वारा दिएको आठ लाख रुपैयाँको क्षतिपूर्तिलाई १२ गुणाभन्दा बढी बढाएर एक करोड रुपैयाँ पुर्याएको हो ।




प्रतिक्रिया